शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ।



