अपर त्रिशूली-१ को सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार
काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उहाँलाई उद्धार गरेको हो।


