नेशनल लाईफ इन्स्योरेनसद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग
काठमाडौं । नेशनल लाईफ इन्स्योरेनस कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु.१ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एक विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको भन्दै उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गरेको छ ।
यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेशनल लाईफले समवेदना प्रकट गरी घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

