प्रधानमन्त्री विपद् राहत कोषमा एशियन लाइफको रु. १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विस्थापित परिवारजनको राहत, पुनःस्थापना, घाइतेको उद्धार तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री विपद् राहत कोषमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले रु. १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त सहयोगको घोषणा गरेको हो ।
साथै, यस विपद्को घडीमा शोकमा रहेका सम्पूर्ण परिवारजनमा हार्दिक संवेदनाका साथै प्रभावित क्षेत्रमा रहनु भएका हाम्रा कर्मचारी र बीमितको सकुशल अवस्थाको कम्पनीले कामना गरेको छ ।


