राजयोगीनी तपस्विनी ब्रह्माकुमारी दादी डा. प्रकाशमणिज्यूको १९ औं पुण्य तिथिको पावन अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं । हिजो भदौ ६ गते ब्रह्माकुमारीजले दादी डा. प्रकाशमणिज्यूको १९ औँ पुण्य तिथिको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम अन्तर्गत विभिन्न रक्तदान केन्द्रहरूबाट जम्मा ३,१०६ पिन्ट रक्त संकलन गरेको छ जस अन्तर्गत काठमाडौंबाट १,६७७ पिन्ट; नारायणगढबाट ११८ पिन्ट; हेटौँडाबाट १०१ पिन्ट; वीरगंजबाट ९९ पिन्ट; जनकपुरबाट १४५ पिन्ट; राजविराजबाट १०८ पिन्ट; विराटनगरबाट ३०४ पिन्ट; पोखराबाट १६२ पिन्ट; बुटवलबाट १३१ पिन्ट; भैरहवाबाट ६९ पिन्ट; नेपालगंजबाट १५५ पिन्ट; धनगढीबाट ३१ पिन्ट र पाल्पाबाट ६ पिन्ट रक्त संकलन भएको छ।
भदौ ५ गते जनकपुरबाट ३५७ पिन्ट; काठमाडौँ क्षेत्रबाट ३२९ पिन्ट; नारायणगढ क्षेत्रबाट ११८ पिन्ट; विराटनगर क्षेत्रबाट ४१८ पिन्ट; वीरगञ्ज क्षेत्रबाट २२ पिन्ट; नेपालगञ्ज क्षेत्रबाट ४८ पिन्ट; भैरहवा क्षेत्रबाट ४४ पिन्ट र बुटवल क्षेत्रबाट ३९ पिन्ट गरी जम्मा १,४१५ पिन्ट रक्त संकलन भएको थियो।
यसरी अधिराज्य भर भदौ ५ र ६ गते गरी दुई दिनमा जम्मा ४,५२१ पिन्ट रक्त संकलन भएको छ ।
भदौ ६ गते शनिबार सार्वजनिक विदाको दिन भएकोले पनि अधिक रक्त संकलन भएको अनुमान रहेको छ भने यस दिनमा धेरै रक्तदान केन्द्रहरूबाट रगत संकलन गर्नुले पनि अधिक रक्त संकलन भएको देखिन्छ ।
भदौ ५ देखि ८ सम्म आयोजना गरिँदै गरेको रक्तदान कार्यक्रममा आगामी दिनहरूमा कस्तो प्रभाव पर्छ भन्ने विषय मननीय छ। शनिबार जस्तै आइतबार पनि उत्शाहपूर्ण जनसहभागिता भएको खण्डमा यस सम्पूर्ण जिल्लाहरूबाट उल्लेखनीय रक्त संकलन गरी गत वर्ष स्थापित गरेको ११,९१६ पिन्टको राष्ट्रिय रेकर्ड तोड्न सक्ने अवस्था रहन्छ।
तथापि रेडक्रस जस्तो रक्त संकलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्थाले देहाय बमोजिम युवावस्थामा जीविकोपार्जनको लागि युवाहरू विदेश पलायन भैरहेको अवस्था साथसाथै ज्ञान आर्जनको लागि पनि विदेश तिर बाहिरिने अवस्थाले गर्दा रक्त संकलन गर्नु आफैँमा चुनौतीपूर्ण रहँदै आएको अवस्थामा ब्रह्माकुमारीजले पनि रक्त संकलन गर्दैगर्दा उक्त चुनौतिलाई सामना गर्नु स्वभाविक देखिन्छ।
यस्तै परिस्थितिलाई मध्य नजर गर्ने हो भने ब्रह्माकुमारिज् आफैँमा एक आध्यात्मिक तथा सामाजिक संस्था भएको नाताले सरकारी निकायहरु, रक्तदाताहरू, रेड्क्रस, लायन्स क्लब, रोटरी क्लब आदि जस्ता संस्थाहरु, टेलिभिजन च्यानलहरु, अनलाईन पत्रीकाहरु आदिको यस संस्थाप्रति रहेको आस्था, विश्वास र सदाशयताले यस संस्थालाई सकारात्मक दिशातर्फ निर्देश गरेको देखिन्छ भने आध्यात्मिक संस्था भएको कारणले समेत स्वयं परमात्मा कार्य भएकोले परमात्मा साथ र सहयोगको अनुभूति गत वर्ष र यस वर्षमा पनि हुँदै आएको स्पष्ट रूपमा देखिन्छ।
गत वर्ष मात्रै जो मात्रामा भदौ मास यसै समय तिथी मिति ताका आयोजना गरेको रक्तदान कार्यक्रममा अधिक मात्रामा संकलन भएको रगत सोही सालको जेन्जी आन्दोलन ताका अधिक मात्रामा रक्त माग भएको अवस्थामा खपत भएकोले सो अवस्थाको लागि पूर्व तयारी तर्फ रक्त संकलन गर्न ईश्वरीय निर्देश भएको पनि देखिन्छ।
यसै साल मात्र पनि सदाशयता जनाउँदै विभिन्न धर्मावलम्बी मनुष्य आत्माहरू रक्तदान कार्यक्रममा स्वतःस्फूर्त रूपमा सहभागी हुनु कुनै दैवी शक्तिभन्दा अलग हुन नसक्ने देखिन्छ। सबै धर्म, जात जाति, लिङ्ग, वर्ग, वर्णलाई बाँध्ने एकै सूत्र भन्नु परमात्मा शक्ति मात्र हुन सक्दछ। त्यसैले ईश्वरीय कार्यमा ईश्वरीय निर्देशानुसार सम्पूर्ण केन्द्रहरूमा उत्साह र उमंगका साथ प्रभुवत्स स्वयंसेवक भाइ बहिनीहरूले ईश्वरीय कार्यलाई सघाउ पुर्याइरहेको अनुभूति गर्न सकिन्छ।
बाँकी दिनहरूमा पनि यसै गरी ईश्वरीय कार्यमा प्रेम र ईश्वरीय सहयोग अवश्यमेव वर्षिरहनेछ तथा सोही अनुरुप संकलन कार्य हुने अनुमान गर्न सकिन्छ।



