ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सातदोबाटो, ललितपुरमा आज वृहत रक्तदान कार्यक्रम हुँदै
काठमाडौं । राजयोगिनी तपस्वीनी दादी डा . प्रकाशमणिज्यूको १९ औँ स्मृति दिवसको अवसरमा आज दोस्रोे दिन सातदोबाटो, ललितपुरको कार्यालय भवनमा रक्तदान कार्यक्रम भइरहेको छ ।
बिहान रक्तदान शुभारम्भ कार्यक्रममा विसिष्ट अथितिहरुको उपस्थिति रहेको थियो । ब्रह्माकुमारीज नेपालका निर्देशक राजयोगी दादी डा. राजजीको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे रहेका थिए ।
चराचर जगतको सुखशान्तीका लागि मानबिय सेवा अपरिहार्य रहेकोे प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरले बताए । उनले भने, ‘रक्तदान र अंंगदान गरी मानिसको अमूल्य जीवन बचाउनु ठुलो धर्म हो । सम्पुर्ण प्राणीजगतको रक्षा गर्नु हामी सबैको कर्तब्य हो ।’
ब्रह्माकुमारीज् काठमाडौं नेपालका प्रमुख, सामाजिक सेवा प्रभागका संरक्षक राजयोगिनी डा. राजजीले कार्यक्रमको क्रममा आशीर्वचन दिनुका साथै सबैको साथ सहयोगका लागि धन्यवाद दिइन । “ज्ञान पान, योग ध्यान, रक्तदान“ संदेशका साथ ब्रह्माकुमारीजले विश्वभर रक्तदान अभियान दादी प्रकाशमणिज्यूको पुण्य तिथीको अवसरमा दोस्रो पल्ट आयोजना गर्दैछ, उनले भनिन ‘यसले सबै मानिसमा र्भाािक सेवाभावको संचार गराउनेछ ।’
यो रक्तदान कार्यक्रम विभिन्न रक्तदान केन्द्रहरुमा मिति ६,७,८,९ गते अझै संचालन कार्य भैरहेको छ ।


