प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच कार्यसम्पादन समझाैता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ ।
उहाँहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो।
उहाँहरुबीच सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

