सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८३ भव्यताका साथ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल वीमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि लक्षित गरिएको थियो।
उक्त विशेष कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज के.सी. तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न स्थानबाट पाल्नु भएका क्लब सदस्यता प्राप्त गर्न सफल वीमा सल्लाहकारहरूमा न्यानो अभिवादन टक्रयाउँनुका साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स प्रति देखाउनु भएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उहाँहरुले पु¥याउनु भएको अतुलनीय योगदान प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्नु हुँदै कम्पनीको मेरुदण्डका रूपमा रहेका वीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गर्नु भयो । कम्पनीका डेपुटी सि ई ओ निराजन कंडेलले जीवन वीमामा आफू अन्तर्गतको टिमको महत्वको बारेमा बोल्नुहुँदै टिममा बसेर काम र सहकार्य गर्दा सफलता उन्मुख भइने कुरा प्रस्तुत गर्नुभयो।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब , आकाश क्लब, ग्यालेक्सी र कसमस क्लबका योजनाहरु प्रस्तुत गरेको छ। क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम वीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्न सफल वीमा सल्लाहकारहरू क्लबको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्। सबै क्लब सहभागीहरू तथा देशभरबाट वैयक्तिक कोड र टीम व्यवसाय अन्तर्गत उत्कृष्ट ३ मा पर्न सफल वीमा अभिकर्ताहरुलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
२०१० को मिस नेपाल समेत रहनु भएका सदिक्षा श्रेष्ठ कार्यक्रम संचालिका रहेकी थिइन भने चर्चित गायक/गायिका महेश काफ्ले र अस्मिता अधिकारी तथा हास्य कलाकारहरू मिस पबी र सुन्दर खनालले आफ्ना प्रस्तुतिहरु पस्कदै कार्यक्रममा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन बिच बिचमा नृत्य कार्येक्रम पनि समाबेश गरिएको थियो ।
अन्तरराष्ट्रिय र राष्ट्रिय अवार्डहरु प्राप्त गर्न सफल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन वीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २७ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा सक्रिय रुपमा कार्यरत रहेका छन्।

