आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर कर्जा र सवारी साधन कर्जा योजना सार्वजनिक
काठमाडौं । प्रभु बैंक लिमिटेडले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम सिमा ३ करोड रूपैयाँसम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका ३०० वटा शाखा मार्फत उपलव्ध गराईने छ ।
यस योजना अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत साथै घर निर्माण गर्ने प्रयोजनका लागी जग्गा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा वित्तीय पहुँच उपलब्ध गराईने छ ।
त्यसैगरी, बैंकले सवारी साधन कर्जा योजना अन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा सार्वजनिक गरेको छ । यस योजनामा पनि सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ ।
साथै कर्जाका लागि सम्पूर्ण कागजात पेश गरिएको दुई कार्यदिनमा नै डेलिभरी अडर्र उपलव्ध हुनेछ । जसले ग्राहकहरूलाई आकर्षक दरमा सवारी साधन खरिद गर्ने सहज अवसर प्रदान गर्नेछ ।
प्रभु बैंकले आफ्ना ग्राहकहरूलाई छिटो, सरल तथा पारदर्र्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहेको छ । यो योजना बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिने व्यहोरा जानकारी बैंकले गराएको छ ।


