रिभर मोबिलिटीले नेपालको नाइमा एक्स्पो २०२६ मा स्कुटरहरूको एसयूभी मानिने ‘इन्डी’ प्रदर्शन
नेपाल । भारतको प्रसिद्ध विद्युतीय स्कुटर निर्माता कम्पनी ‘रिभर मोबिलिटी’ आफ्नो आधिकारिक वितरक ‘विशाल ग्रुप’सँगको सहकार्यमा नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा एक्स्पो २०२६’ मा आफ्नो फ्ल्यागशिप विद्युतीय स्कुटर ‘इन्डी’ सार्वजनिक गरेको हो ।
६ दिनसम्म चल्ने यो अटोमोबाइल प्रदर्शनी आगामी साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा पुग्ने अवलोकनकर्ताहरूले हल बीको स्टल एल ३ एमा पुगेर ‘इन्डी’ स्कुटर अवलोकन गर्न र प्रि-बुकिङ गर्न सक्नेछन्।
सहकार्यमार्फत रिभर मोबिलिटीले नेपालमा आफ्नो दीर्घकालीन व्यापार विस्तारको आधार तयार पारेको छ। विशाल ग्रुपको अटोमोबाइल क्षेत्रमा ८० वर्षभन्दा बढीको लामो अनुभव र ३५ भन्दा बढी सहरहरूमा फैलिएको बलियो सञ्जालले नेपालमा रिभरको खुद्रा बिक्री र बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउने कम्पनीको विश्ववास छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको प्रदर्शनी नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी हो, जसले प्रमुख अटोमोबाइल ब्रान्डहरूलाई एकै मञ्चमा ल्याएको छ।
रिभर मोबिलिटीका सह-संस्थापक तथा मुख्य कार्यकारी अधिकृत अरविन्द मणिले भने, ‘नाइमा एक्स्पो २०२६ मा रिभर इन्डीलाई नेपाली बजारमा भित्र्याउन पाउनु हाम्रो लागि एक महत्वपूर्ण कोसेढुंगा हो। विशाल ग्रुपको बलियो वितरण सञ्जाल र अटोमोबाइल अनुभवले हामीलाई यो यात्रा सुरु गर्न सही आधार दिएको छ। भारतमा अत्यधिक रुचाइएको इन्डी स्कुटरले नेपाली राइडर्सहरूको पनि मन जित्ने हामीलाई पूर्ण विश्वास छ।’
त्यस्तै, विशाल ग्रुपका डायरेक्टर निकुञ्ज अग्रवालले भने, ‘हामी रिसँग साझेदारी गर्न र इन्डी स्कुटरलाई नेपाली बजारमा ल्याउन पाउँदा अत्यन्तै खुसी छौं। रिभरको उपयोगिता, टिकाउपन र उत्कृष्ट डिजाइन नेपाली प्रयोगकर्ताहरूको आवश्यकतासँग ठ्याक्कै मेल खान्छ। हाम्रो बलियो राष्ट्रिय सञ्जाल र ग्राहक सेवाप्रतिको प्रतिबद्धतामार्फत हामी नेपालभरका ग्राहकहरूलाई असाधारण अनुभव प्रदान गर्नेछौं।’
सन् २०२३ मा पहिलो पटक बजारमा ल्याइएको रिभर इन्डीलाई विशेष गरी दैनिक प्रयोगका लागि प्रयोगात्मक, टिकाउ र लाइफस्टाइल उपयोगितालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । नाइमा एक्स्पोमा प्रदर्शन गर्नुअघि यो स्कुटरले काठमाडौंका विभिन्न कठिन उकालो बाटोहरू जस्तै ‘ह्वाइट गुम्पा’लगायत क्षेत्रमा वास्तविक सडक परीक्षण पार गरिसकेको छ, जसले यसलाई नेपाली भूभागका लागि उपयुक्त प्रमाणित गरेको छ।
‘रिभर इन्डी’ले आफ्नो उत्कृष्ट डिजाइन र अत्याधुनिक विशेषताहरूका कारण छोटो समयमै उपभोक्ताहरूको ध्यान खिच्न सफल भएको छ। दैनिक प्रयोगलाई सहज, प्रयोगात्मक र टिकाउ बनाउने उद्देश्यले निर्माण गरिएको यो स्कुटरले नेपाली सडकको भौगोलिक बनावट र यहाँका राइडर्सहरूको आवश्यकतालाई पूर्ण रूपमा समेटेको कम्पनीले जनाएको छ । प्रतिष्ठित ‘रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४’ र ‘रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५’ दुवै जितेर इतिहास रचेको एकमात्र भारतीय दुई-पाङ्ग्रे वाहन हो ।
नेपाली सडकका खाडल र अप्ठ्यारा बाटोहरूलाई सहजै पार गर्न यसमा १७७ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र १४ इन्चका ठूला चक्काहरू उपलब्ध गराइएको छ। यसमा शक्तिशाली ४ किलोवाटको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको पूरा चार्जमा ‘आईडीसी प्रमाणित’ १६० किलोमिटरसम्मको लामो रेन्ज प्रदान गर्छ। यो स्कुटरले प्रतिघण्टा ९० किलोमिटरको अधिकतम गति लिन सक्छ भने १८ डिग्रीसम्मको ठाडो उकालोलाई समेत सहजै पार गर्न सक्ने यसको क्षमता रहेको छ।
यो स्कुटरमा कुल ५५ लिटरको सुरक्षित तथा लक गर्न मिल्ने विशाल स्टोरेज स्पेस दिइएको छ, जसमा सिटमुनि ४३ लिटरको फराकिलो ठाउँ र अगाडि १२ लिटरको उपयोगी ग्लोभबक्स समावेश छ।
चालकको सुविधाका लागि यसमा फ्रन्ट राइडर फुटपेग्स, भारी सामानहरू सुरक्षित रूपमा बोक्न ‘लक एन्ड लोड प्यानियर माउन्ट्स’ तथा चालकको आवश्यकता अनुसार प्रयोग गर्न इको, राइड र रश गरी तीनवटा फरक ड्राइभिङ मोडहरू उपलब्ध गराइएका छन्।
कम्पनीले स्कुटरमा ८ वर्षसम्मको भरपर्दो वारेन्टी प्रदान गरेको छ। साथै, यो स्कुटर विन्टर ह्वाइट, स्टोर्म ग्रे, मनसुन ब्लू, समर रेड र स्प्रिङ येलो गरी ५ वटा आकर्षक रङहरूमा बजारमा उपलब्ध छ। दैनिक उपयोगिता र उच्च कार्यसम्पादनको बेजोड मिश्रण रहेको यो विद्युतीय इन्डी स्कुटरले नेपालको अटोमोबाइल बजारमा नयाँ बेन्चमार्क स्थापित गर्ने अपेक्षा गरिएको छ ।
रिभरको बारेमा:
मार्च २०२१ मा अरविन्द मणि र विपिन जर्जद्वारा स्थापित ‘रिभर मोबिलिटी’ बेङ्गलोरमा आधारित विद्युतीय सवारी साधन निर्माता कम्पनी हो । कम्पनीलाई जापानको यामाहा मोटर कर्पोरेसन, मित्सुइ एन्ड कम्पनी, मारुबेनी कर्पोरेसन, दुबईको अल फुट्टाईम ग्रुप, टोयोटा भेन्चर्सलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा भारतीय लगानीकर्ताहरूको बलियो साथ रहेको छ।
रिभरलाई जापानी कम्पनीहरू यामाहा मोटर कर्पोरेसन, मित्सुई एन्ड कम्पनी लिमिट, मारुबेनी कर्पोरेसन, दुबईमा आधारित अल फुत्तैम ग्रुप, क्रिस साकाको लोअरकार्बन क्यापिटल, टोयोटा भेन्चर्स, मनिभ मोबिलिटी, ट्रक्स भिस, एलिभेट भेन्चर पार्टनर, क्लेपोन्ड क्यापिटल, ३६० वन एसेट, सिङ्गुलारिटी एएमसी, जेआइएफ क्यापिटल र अनिकुट क्यापिटल लगायतका विश्वव्यापी तथा भारतीय प्रतिष्ठित संस्थागत लगानीकर्ताहरूको साथ र समर्थन रहेको छ।


