सिताराम गोकुल मिल्क्सद्वारा नयाँ वेबसाइट र मोबाइल एपको घोषणा
काठमाडाैँ । सीताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले आफ्ना उपभोक्तालाई थप सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट (sitaramdudh.com) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
यसका साथै कम्पनीले आगामी एक साताभित्रै एन्ड्रोइड (Android) तथा आईओएस (iOS) दुवै प्लेटफर्ममा उपलब्ध हुने गरी आफ्नै मोबाइल एप पनि सार्वजनिक गर्ने घोषणा गरेको छ।
कम्पनीको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक (MD) श्री सुमित केडियाको अध्यक्षतामा उक्त डिजिटल प्लेटफर्मको आधिकारिक शुभारम्भ गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “आज सार्वजनिक गरिएको नयाँ वेबसाइट र छिट्टै आउने मोबाइल एपले हाम्रा उपभोक्ताहरूलाई घरमै बसी-बसी शुद्ध दूध, घिउ, दही, पनिर, लस्सी, बटर तथा आइसक्रिम जस्ता उत्पादनहरूको जानकारी लिन र अनलाइन अर्डर गर्न मद्दत पुर्याउनेछ।”
यस प्लेटफर्ममार्फत ग्राहकले कम्पनीका सम्पूर्ण दुग्धजन्य उत्पादन जस्तै शुद्ध दूध, घिउ, सुगर-फ्री दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर र आइसक्रिमको विस्तृत जानकारी, मूल्य र पोषण विवरण पारदर्शी रूपमा हेर्न र घरमै बसी-बसी सजिलै अनलाइन अर्डर गर्न सक्नेछन्। प्लेटफर्ममा ग्राहकले सब्स्कृप्सन मोडल मार्फत पनि सामग्री खरिद गर्न मिल्ने बनाइएको छ ।
आधुनिक प्रविधिलाई ध्यानमा राख्दै निर्माण गरिएको यस प्लेटफर्ममा ई-सेवा, खल्ती जस्ता डिजिटल वालेट मार्फत सुरक्षित भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। कम्पनीले आफ्ना गुणस्तरीय उत्पादनहरूलाई छिटो र प्रभावकारी ढङ्गले उपभोक्ताको घरदैलोसम्म पुर्याउने डिजिटल डेलिभरी प्रणालीलाई प्राथमिकतामा राखेको छ, जसले ग्राहकलाई अझ सहज र उत्कृष्ट सेवाको अनुभव प्रदान गर्नेछ।

