सुनचाँदी दुवैको मूल्य बढ्यो
काठमाडौं । साउन ४ गते, सोमबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला ८० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितो दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दुई दिनदेखि सुन र चाँदीकाे मूल्य निरन्तर बढ्दाे क्रममा रहेकाे छ।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भएको थियो।


