आर्थिक वर्षको पहिलो कारोबारको दिन: सुन तोलामा तीन हजार १०० रुपैयाँले घट्यो
काठमाडौँ । आर्थिक वर्ष २०८३।०८४ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार २०० रुपैयाँमा किनबेच भइरहेको हो ।


