नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को उपकुलपति पदमा प्रा. डा. जनार्दन लामीछाने नियुक्त
काठमाडौं । बायोटेक्नोलोजीविद् प्रा. डा. जनार्दन लामिछाने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा नियुक्त भएका छन्।
नास्टका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं विश्वविद्यालयका प्राध्यापक लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन ।

नास्टका सहकुलपति तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले लामिछानेलाई बिहीवार नियुक्तिपत्र दिएका छन् । मन्त्री पुनले नवनियुक्त उपकुलपतिलाई पद तथा गोपनीयताको शपथ समेत गराएका छन्।
यसअघि उनी काठमाडौं विश्वविद्यालयको स्कुल अफ साइन्समा प्राध्यापन गर्थे। उनी नास्टको व्यवस्थापन परिषद्का सदस्य समेत रहिसकेका छन्। नास्ट नेपालको विज्ञान र प्रविधि क्षेत्रको सबैभन्दा ठूलो सरकारी निकाय हो। प्रा. डा. लामिछानेले नेपालमा नयाँ प्रविधि, अनुसन्धान र आविष्कारको विकासका लागि नास्टको नेतृत्व सम्हालेका छन्।


