सानिमा बैंकद्धारा भारत नेपाल रियल टाइम पी२पी भुक्तानी सेवाको सुरु
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा नेपाल-भारत रियल टाईम Person to Person (P2P) भुक्तानी सेवा सुरु गरेको छ, जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविघा प्रदान गर्दछ ।
यस सेवामार्फत नेपाल तथा भारतका प्रयोगकर्ताले Virtual Payment Address (VPA) तथा UPI ID प्रयोग गरेर रकामान्तर गर्न सक्छन् । नेपाली प्रयोकर्ताले VPA मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोकर्ताले UPI ID प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यस प्रक्रिया मार्फत रकमान्तर गर्दा बैंक खाताको विवरण प्रयोग गर्न नपर्ने भएकोले सीमा पार कारोवार प्रक्रिया अझ सरल, सुरक्षित र सहज हुनेछ ।
यो सुविघा विद्यार्थी , भारत-नेपाल आवागमन गर्ने यात्रुहरु तथा विभिन्न पेशामा संलग्न व्यक्ति तथा उनीहरुमा निर्भर परिवारहरुका लागि आधुनिक र प्रभावकारी विक्लपका रुपमा उपयोगी हुनेछ ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।


