सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं ।असार १५ गते, सोमबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार ४०० सय रुपैयाँ काराेबार भएको छ। आईतबारको सुन तोलामा दुई लाख ८३ हजार ८०० सय रुपैयाँ किनबेच भएको थियो।
त्यस्तै आजको बजारमा चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी तोलामा चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।


