इन्फिनिक्सले नेपालमा सार्वजनिक गर्यो SMART 20
AI-सक्षम सञ्चार, लामो ब्याट्री ब्याकअप र भरपर्दो कार्यसम्पादन – प्रारम्भिक मूल्य रु. १९,९९९
काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ SMART 20 स्मार्टफोन सार्वजनिक गरेको छ। AI-आधारित सञ्चार सुविधा, सहज कार्यसम्पादन, मजबुत डिजाइन तथा लामो ब्याट्री ब्याकअपसहित यो स्मार्टफोन विशेषगरी दैनिक प्रयोगका लागि भरपर्दो अनुभव प्रदान गर्ने उद्देश्यले बजारमा ल्याइएको हो।
किफायती मूल्यमा उपलब्ध SMART 20 मा AI-सक्षम आवाज सुधार प्रविधि, उच्च रिफ्रेस रेट भएको डिस्प्ले, शक्तिशाली ब्याट्री तथा उत्कृष्ट टिकाउपनजस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन्।
उत्पादन तथा मूल्य
SMART 20
4GB + 64GB — रु. १९,९९९
4GB + 128GB — रु. २१,९९९
प्रमुख विशेषताहरू
Pure Voice Call तथा Voiceprint Noise Reduction
SMART 20 मा रहेको Pure Voice Technology ले प्रयोगकर्ताको आवाजलाई पहिचान गरी वरपरको अनावश्यक आवाज कम गर्दै स्पष्ट रूपमा सुनिने बनाउँछ। भीडभाड, कार्यालय वा सार्वजनिक यातायातमा समेत प्रयोगकर्ताले अझ स्पष्ट र सहज फोन वार्ताको अनुभव लिन सक्नेछन्।
120Hz रिफ्रेस रेट भएको स्मूथ डिस्प्ले
यस स्मार्टफोनमा ६.७८ इन्चको Punch-Hole Display तथा १२०Hz Refresh Rate उपलब्ध छ, जसले स्क्रोलिङ, टच प्रतिक्रिया तथा भिडियो हेर्ने अनुभवलाई अझ सहज र आकर्षक बनाउँछ।
शक्तिशाली कार्यसम्पादन
SMART 20 मा MediaTek Helio G81 Ultimate Processor प्रयोग गरिएको छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ तथा मनोरञ्जनका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्दछ। साथै, यो स्मार्टफोन ४८ महिनासम्मको Fluency Certification सहित आएकोले लामो समयसम्म सहज रूपमा सञ्चालन हुने विश्वास प्रदान गर्दछ।
लामो समय टिक्ने ब्याट्री
यसमा ५२००mAh क्षमताको ब्याट्री तथा ७.७ मिमि अल्ट्रा-स्लिम डिजाइन रहेको छ, जसले दिनभरको ब्याट्री ब्याकअपसँगै आरामदायी प्रयोग अनुभव प्रदान गर्दछ।
UltraLink Free Call
UltraLink Free Call सुविधामार्फत मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा पनि प्रयोगकर्ताले १ किलोमिटरसम्म कल तथा सन्देश आदानप्रदान गर्न सक्नेछन्।
AI-सक्षम स्मार्ट सुविधाहरू
SMART 20 मा AI Writing, Song Recognition, Scan-to-Doc, Speaker Cleaner, One-Tap Query तथा Folax 5.0 AI Assistant लगायतका AI सुविधाहरू समावेश छन्, जसले दैनिक कार्यहरूलाई अझ सहज, छिटो र स्मार्ट बनाउँछन्।
मजबुत तथा टिकाउ डिजाइन
यस स्मार्टफोनमा IP64 Water & Dust Resistance, Wet & Greasy Touch Support तथा १.५ मिटर Drop Resistance जस्ता सुविधाहरू उपलब्ध छन्, जसले दैनिक प्रयोगमा थप सुरक्षा र विश्वसनीयता प्रदान गर्दछ।
उपलब्धता
Infinix SMART 20 नेपालभरका आधिकारिक बिक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रहरूमा उपलब्ध छ।


