सुनको मूल्य बढ्दा चाँदीको घट्यो
काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर २ लाख ७९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रूपैयाँ कायम भएकोमा आज ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँ कायम भएको छ ।
Visited 6 times, 6 visit(s) today


