स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित
काठमाडौं । फिफा विश्वकपमा नेदरल्यान्ड्सले स्विडेनमाथि सानदार जित निकालेको छ ।
नेपाली समयअनुसार शनिबार राति ह्युस्टन रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि ५-१ गोलको सानदार जित निकालेको हो ।
सुरुदेखि नै स्विडेनमाथि दबाब सिर्जना गरेको नेदरल्यान्डले पहिलो हाफमा २ गोल गरेको थियो । त्यसपछि दोस्रो हाफमा ३ गोल थप्यो ।
नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोब्बी र कोडी गाक्पले २/२ तथा क्राइसेन्सियो समरभिल १ गोल गरे ।
स्विडेनका एन्थोनी एलाङ्गाले १ गोल फर्काए ।
Visited 8 times, 8 visit(s) today


