सेयर बजार घट्नुको पछाडि लगानीकर्तामा देखिएको मनोवैज्ञानिक डर :अर्थमन्त्री वाग्ले
काठमाडौं । पछिल्लो समय सेयरबजार ऋणात्मक हुँदै गएको छ । लगातार सेयर बजार आरोलो लागेपछि सार्वजनिक बहसको विषयमा विभिन्न टिक्का टिप्पणी जारी रहदाँ अर्थमन्त्री स्वर्णीय वाग्लेले जवाफ दिदैँ १ खर्बभन्दा बढीको बिगो दाबीसहितका मुद्दा र कानुनी कारबाहीको प्रक्रियाले सेयर बजारमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको उल्लेख गरेका छन् ।पुँजी बजार र बिमा क्षेत्रमा देखिएको विचलनलाई सूक्ष्म रूपमा सरकरले अध्ययन जारी राखेको बता । शुक्रबार प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
पुँजी बजार र बिमा क्षेत्रमा देखिएको ठुलो विचलनलाई सरकारले सूक्ष्म रूपमा हेरिरहेको उनको भनाइ छ । १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेपछि पुँजी बजार र बिमा क्षेत्रमा समस्या आएको उनले दाबी गरे ।अर्थमन्त्रीले भने, ‘अहिले १ खर्बभन्दा बढीको बिगोमा मुद्दा चलेको छ । यसको केन्द्रमा क्यापिटल मार्केट र बिमा क्षेत्र देखिएको छ । अनुसन्धान र कारबाहीको यो प्रक्रिया अघि बढ्दै जाँदा कतै ‘म पनि पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ । यसैको प्रभाव बजारमा देखिएको हो ।’ ठुला अनियमिततामा संलग्नहरूमाथि कानुनी कारबाही सुरु हुनुले बजारमा केही समयका लागि अन्यौलता छाएको प्रष्टिकरण दिएका छन् ।
सेयर बजारको दैनिक उतारचढावका विषयमा सरकार मनौवैज्ञानिक रुपमा क्रासमा नभएको समेत उनले बताए । सरकारको ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा रहेकाले बजारलाई पारदर्शी र मर्यादित बनाउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्ललेख गरे ।
लगानीकर्ताहरूलाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन उनले आग्रह गरे ।


