सुनचाँदीको मूल्य सामान्य गिरावट
काठमाडौँ । असार ४ गते, बिहीबार, नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ। यस दिन सुन प्रतितोला १०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Visited 7 times, 7 visit(s) today


