एभरेष्ट कलरको आईपीओ बाँडफाँट
काठमाडौँ । असार ४ गते, बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ६५ हजार ५७० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।


