आजदेखि माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ खुला
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज अर्थात असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। केयर रेटिङ्गले कम्पनीको रेटिङ्गमा सुधार गरेको हो। यस अघि कम्पनीको रेटिङ्ग केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग थियो। यसले कम्पनीको वित्तीय अवस्था पहिलेभन्दा थप सुरक्षित र बलियो बन्दै गएको देखाउँछ। यो रेटिङ्ग प्राप्त गर्ने कम्पनीहरूमा आफ्नो वित्तीय दायित्व (ऋणको सावाँ र ब्याज) समयमै भुक्तानी गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको मानिन्छ।


