राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटार र जुम्लाको सिंजा गाउँपालिका–३ नराकोटमा नयाँ शाखा विस्तार गरेको छ।
बैंकले गोरखाको सिउरेनीटार शाखा असार १ गतेदेखि सञ्चालनमा ल्याएको हो भने जुम्लाको सिंजा शाखा गत जेठ २६ गतेदेखि नै सञ्चालनमा आएको जनाएको छ।
नयाँ शाखा सञ्चालनसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या ३१६ पुगेको छ।
२०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल देशका ७७ वटै जिल्लाका सदरमुकाम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्दै आएको छ। बैंकले कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।



