टाइटनको २२औँ वार्षिकोत्सव सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर
काठमाडौं । विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटनले नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। नेपालमा टाइटनको आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रालिले आयोजना गरेको कार्यक्रममा टाइटन कम्पनीका अन्तर्राष्ट्रिय व्यापार विभागअन्तर्गत सार्क तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा नेपालभरका करिब ४० जना डिलर, व्यवसायिक साझेदार तथा टाइटनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समारोहमा टाइटनको नेपालमा दुई दशकभन्दा लामो यात्रालाई स्मरण गर्दै आगामी रणनीति तथा बजार विस्तार योजनाबारे जानकारी गराइएको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा बलिउड अभिनेत्री आलिया भट्टलाई नेपालका लागि टाइटन ब्रान्डको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरिएको छ। कम्पनीले आलियाको लोकप्रियता, आधुनिक छवि र युवा पुस्तामाझको प्रभावले नेपाली बजारमा टाइटनको ब्रान्ड छविलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
वार्षिकोत्सवका अवसरमा असार महिनाभरि टाइटनका सम्पूर्ण उत्पादनमा २० प्रतिशत विशेष छुट उपलब्ध गराइने घोषणा गरिएको छ। कम्पनीका अनुसार यो योजना ग्राहकप्रतिको कृतज्ञता व्यक्त गर्ने उद्देश्यले ल्याइएको हो।
समारोहमा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शीर्ष १० डिलरलाई सम्मान गरिएको थियो। साथै, हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्रान्ड आउटलेटका इन्चार्जहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सुनील कुमार अग्रवालले सन् २०२६ भित्र देशका विभिन्न स्थानमा थप तीनवटा नयाँ शोरुम सञ्चालन गर्ने योजना रहेको बताए। हाल टाइटनका दरबारमार्ग, जावलाखेल, धरान, विराटनगर, सिमरा, वीरगञ्ज, नारायणघाट, बुटवल, घोराही र पोखरामा गरी १० वटा आउटलेट सञ्चालनमा छन्।
नेपालमा सन् २००४ देखि यात्रा सुरु गरेको टाइटनले घडी, स्मार्ट वाच, फेसन एक्सेसरिज तथा लाइफस्टाइल उत्पादनमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।


