सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यलयहरूलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरू सहयोग गरेको छ । बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन ती सामग्री प्रदान गरेको जनाएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय – धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय –काँकरभिटृा, झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरू हस्तान्तरण गरेको छ ।
साथै, ट्राफि जिल्ला प्रहरी कार्यालय– बर्दिया, गुलरियालाई रोड डिभाइडर, सचेतनामूलक बोर्ड सहयोग गरेको छ । उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गएिको छ ।

स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ । बैंकले आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।


