एन्कर र साउन्डकोरद्वारा ‘एन्कर पावर हंगामा २०२६’ का विजेताहरूको घोषणा
काठमाडौं । एन्कर र साउन्डकोरले सञ्चालन गरेको ‘एन्कर पावर हंगामा २०२६’ का विजेताहरू आज घोषणा गरिएको छ । विजेताहरूको छनोट काठमाडौंको हात्तीसारस्थित अरण्य बुटिक होटलमा आज एक कार्यक्रमको आयोजना गरी लक्की ड्रमार्फत गरिएको कम्पनीले जनाएको हो ।
कार्यक्रममा प्रमुख खुद्रा बिक्रेता, वितरक, सरोकारवाला तथा आमन्त्रित अतिथिहरूको सहभागिता थियो । कार्यक्रममा अभियानको सफल समापनसँगै देशभरका ग्राहकहरूको उत्साहजनक सहभागिता थियो ।
नेपालभरका ग्राहकहरूलाई सम्मान र पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको यो उपभोक्ता अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा सेलुसिटी इन्टरनेसनल प्रालिका निर्देशक अमित्राले भने, ‘एन्कर पावर हंगामा २०२६ नेपालका ती ग्राहकहरूलाई सम्मान र पुरस्कृत गर्न सञ्चालन गरिएको अभियान हो, जसले आफ्नो चार्जिङ र अडियो आवश्यकताका लागि एन्कर र साउन्डकोरमाथि निरन्तर विश्वास गरिरहनुभएको छ । अभियानभर साथ र सहयोग प्रदान गर्ने ग्राहक, खुद्रा विक्रेता, वितरक तथा सम्पूर्ण सरोकारवालाप्रति हामी आभारी छौँ । यस अभियानको सफलताले उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने, आधिकारिक खुद्रा व्यापारलाई प्रोत्साहन गर्ने तथा ग्राहकलाई अर्थपूर्ण अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । ‘
‘एन्कर पावर हंगामा २०२६’ नेपालमा एन्कर र साउन्डकोरका उत्पादनप्रति आकर्षण बढाउने, आधिकारिक बिक्री सञ्जाललाई सुदृढ गर्ने तथा खुद्रास्तरमा ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उपभोक्तामुखी अभियान थियो ।
अभियानअन्तर्गत सहभागी स्टोरहरूबाट ३ हजार रुपैयाँ वा सोभन्दा बढी मूल्यका एन्कर वा साउन्डकोरका योग्य उत्पादन खरिद गर्ने ग्राहकले लक्की ड्र कुपन प्राप्त गरेका थिए । प्रत्येक वैध कुपन अन्तिम लक्की ड्रमा सहभागी हुन योग्य थियो ।
कम्पनीका अनुसार अभियान १ डिसेम्बर २०२५ देखि ३१ जनवरी २०२६ सम्म पहिलो चरण र १ मार्च २०२६ देखि ३० अप्रिल २०२६ सम्म दोस्रो चरण गरी सञ्चालन भएको थियो । अभियानसँग सम्बन्धित प्रवर्द्धनात्मक अवधिमा दराजमार्फत गरिएका अनलाइन खरिदहरूलाई पनि अभियानका नियम तथा सर्तअनुसार समावेश गरिएको थियो, जसले देशभरका थप ग्राहकलाई सहभागी हुने अवसर प्रदान गरेको थियो ।
कार्यक्रममा वैध कुपनहरूको छनोट आमन्त्रित अतिथि तथा अभियानका सरोकारवालाहरूको उपस्थितिमा गरिएको थियो । विजेता कुपन नम्बरहरू समारोहमै घोषणा गरिएको छ भने अभियानका नियम तथा सर्तअनुसार प्रमाणीकरण प्रक्रिया पूरा भएपछि विजेताहरूलाई छुट्टै सम्पर्क गरिने कम्पनीले जनाएको छ ।
अभियानका प्रमुख पुरस्कारहरूमा एक थान डोङफेङ नाम्मी बक्स कार (बम्पर पुरस्कार), दुई थान रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल, तीन थान सुनका सिक्का, दुई जनाका लागि थाइल्यान्ड भ्रमण प्याकेज तथा दुई थान वासिङ मेसिन समावेश थिए ।


