मनिष गहतराज र निरज रास्कोटीको कृष्णभक्तिमा आधारित भजन ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक
काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक भएको छ।
भक्तिभावले भरिएको यस गीतमा सलिना विक र नितेश विकको सुमधुर स्वर रहेको छ। यसअघि पनि सफल सहकार्य गरिसकेका मनिष र निरजले पुनः एकपटक दर्शक तथा श्रोतामाझ आध्यात्मिक सन्देश बोकेको उत्कृष्ट सिर्जना प्रस्तुत गरेका हुन्। गीतमा बाँसुरी, गितार र बास गितारको उत्कृष्ट संयोजनले सांगीतिक मिठास थपेको छ।
भिडियो एनिमेसन गजुन थापा मगरले तयार गरेका हुन् भने थम्बनेल निर्मल पराजुलीले डिजाइन गरेका हुन्। गीतको मिडिया पार्टनरमा मोटे ग्याङ नेपाल र कुमार समशेर थापा रहेका छन्। यस परियोजनाको निर्माण WHITE WINGs Production House Pvt. Ltd. ले गरेको हो।
भक्ति रसले भरिपूर्ण यस गीतले सम्पूर्ण दर्शक तथा श्रोताको मन जित्ने विश्वास गरिएको छ। निर्माण टिमले सबैलाई गीत हेरेर, सुनेर र सेयर गरेर साथ दिन अनुरोध गरेको छ।


