पं.नबराज शारदा स्मृति समाजबाट तीन छात्राहरुलाई छात्रवृत्ति प्रदान
काठमाडौं । पंण्डित नबराज शारदा स्मृति समाजले तीन छात्राहरु लाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।
पंण्डित नबराज पौडेलको १०७ औ जन्मजयन्तीको अबसरमा आयोजित एक कार्यक्रम छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । समाजका अध्यक्ष निर्मलराज पौडेलले प्रत्येक बर्ष उहाँहरुको स्मृतिमा हुनै न कुनै रुपमा सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता अनुसार नै छात्रवृत्ति प्रदान गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा योगी नरहरी नाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजको सामाजिक कार्यको प्रशंसा गर्दे आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
पौडेलका अनुसार समाजले सस्कृति कर्मकाण्ड, सामाजिक सस्कार र सस्कृतिका बारेमा जागरण र जनचेतना मुलक कार्यक्रम गर्दे आएको छ ।


