राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल मदिरा व्यवसायी महासंघको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना, २०८२ को अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल मदिरा व्यवसायी महासंघको संयुक्त आयोजनामा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मदिरा व्यवसायी महासङ्घले व्यवसायलाई मर्यादित बनाउन, गणनाको तथ्याङ्क सङ्कलनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । ‘यो व्यवसाय संवेदनशील व्यवसाय भएको र व्यवसायीहरू आफना विवरण गोप्य नहुने आशंका व्यक्त गरेको उनले चासो राखे ।
उनीहरुले सही गणना र तथ्याङ्क सङ्कलनमा सहभागी हुने र आवश्यक सहयोग गर्न तयार रहेको तथा सबैलाई गणनामा सहभागी हुन आव्ह्वान गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए।
कार्यक्रममा निर्देशक ढकालले जिज्ञासाको जवाफ दिंदै तथ्याङ्कको गोपनीयता कायम रहनेमा आश्वस्त पारेका थिए ।
उनले निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन, त्यसैले हामी नेपाल मदिरा व्यवसायी महासङ्घ जस्ता संगठित संस्थाहरूसँग सहकार्य गर्न चाहेको समेत बताए ।
नेपाल मदिरा व्यवसायी महासंघका पदाधिकारी सहित नेपाल मदिरा व्यवसायी संघ काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका जिल्ला अध्यक्ष सहित करिब २५ जना प्रतिनिधिहरूको उपस्थितिमा थियो । कार्यक्रमको अध्यक्षता नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले गरेका थिए ।
कार्यक्रमको शुरुमा महासंघका महासचिव गोबिन्द प्रसाद बरालले सबैलाई स्वागत गर्दै कार्यक्रम संचालनको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयलाई अनुरोध गरेका थिए ।
त्यसपछि उक्त कार्यक्रमको संचालन तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले गरेका थिए । निर्देशक डा. बेद प्रसाद ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रिय आर्थिक गणना, २०८२ को बारेमा संक्षिप्त प्रस्तुति दिएका थिए ।


