मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार : रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चुनौती दिएका छन् ।
पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसमा भएको टिकाटिप्पणीबारे उनले जवाफ दिएका हुन् ।
उनले प्रधान न्यायाधीश सिफारिसमा परम्परा भत्काएको भन्दै परम्परा नभत्काएको भए आज पनि भागबन्डाको छलफल चलिरहेको हुन सक्ने बताए।
‘दुई तिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’ भन्दै सभापति लामिछानेले आफूमाथि रिस पोख्नेहरूलाई चुनौती पनि दिए।
‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार’, लामिछानेले भने, आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस्’ ।
लामिछानेले न्यायालयका विषयमा अनेक टिप्पणी गरेर जगहसाई नगर्न पनि आग्रह गरे।
उनले सुकुमबासीका सवालमा पनि आफूले अहिले पनि छाती थापिरहेको भन्दै भूमिहीनले अधिकार नपाउँदासम्म छाती नहटाउने बताए।


