नेपाल जन–प्रशासन संघको आयोजनामा आ.व. २०८३/८४ का लागि प्रि–बजेट छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल जन–प्रशासन संघ (PAAN) को आयोजनामा आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका सन्दर्भमा आयोजित प्रि–बजेट छलफल कार्यक्रम मिति २०८३ बैशाख १० गते सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा अर्थतन्त्रका वर्तमान चुनौतीहरू, आर्थिक वृद्धि अभिवृद्धि, राजश्व सुधार, सार्वजनिक खर्चको प्रभावकारिता, निजी क्षेत्रको विश्वास पुनर्स्थापना तथा उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन जस्ता महत्वपूर्ण विषयहरूमा गहन छलफल भएको थियो।
कार्यक्रममा पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, वरिष्ठ अर्थशास्त्री, पूर्व सचिवहरू, योजना आयोगका पूर्व उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा विभिन्न क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो । संघका अध्यक्ष एवं नेपाल सरकारका पूर्ब सचिव श्री मधुरमण आचार्यको अध्यक्षतामा भएको सो सम्बाद कार्यक्रममा पूर्व अर्थ मन्त्रि एबम पूर्व गभर्नर डा. युवराज खातिवडा, पूर्व अर्थ मन्त्रि एबम पूर्व अर्थ सचिब रामेश्वर प्रसाद खनाल, पूर्व महालेखा परीक्षक टंकमणि शर्मा, पुर्व मुख्य सचिव डा. बिमल प्रसाद कोइराला राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दुर्गेशमान सिंह, प्रा. डा. गोविन्द राज पोखरेल, अर्थशास्त्री प्रा.डा. सोहन कुमार कर्ण, पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा, पूर्ब सचिवहरू कृष्ण ज्ञवाली, लालशंकर घिमिरे, दुर्गा प्रसाद भट्टराई, डा. तोया ज्ञवाली, डा. हिरामणि घिमिरे, डा. दिनेश प्रसाद पन्त, शम्भु कोइराला लगायतको उपस्थिति रहेको थियो ।



