९ महिनामा १४ खर्ब ९० अर्बको वस्तु आयात हुँदा २ खर्ब २२ अर्बको वस्तुमात्रै निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म व्यापार घाटा १३ प्रतिशतले वृद्धि भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको आयात-निर्यातको तथ्यांक अनुसार चैतसम्म कुल १४ खर्ब ९० अर्बको वस्तु आयात हुँदा २ खर्ब २२ अर्बको वस्तुमात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको ९ महिनाको अवधिमा आयात १३.८२ र निर्यात १८.४६ प्रतिशतले बढेको थियो। गत वर्ष चैतसम्म १३ खर्ब ९ अर्बको आयात र १ खर्ब ८८ अर्बको निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनासम्म नेपालले कुल १५७ देशसँग वैदेशिक व्यापार गरेको छ । १ खर्ब ९५ अर्बको डिजेल, पेट्रोल र खाना पकाउने ग्यास आयात भएको छ ।
त्यस्तै ९६ अर्बको भटमासको कच्चा तेल आयात भएको छ । त्यस्तै ४६ अर्ब ४७ करोडको रासायनिक मल आयात हुँदा ३३ अर्ब ८२ करोडको स्मार्टफोन र २३ अर्बको सुन आयात भएको छ । ६४ अर्ब ९० करोडको स्टील तथा आइरनको कच्चा पदार्थ आयात भएको छ ।
२ खर्ब २२ अर्बको निर्यातमा एक खर्बभन्दा बढी तेलको निर्यात रहेको छ। अर्जेन्टीना र ब्राजिलबाट ९६ अर्बभन्दा बढीको आयात भएको कच्चा भटमासको तेल प्रशोधन गरी ९० अर्ब ७१ करोडको निर्यात भएको छ ।
दोस्रोमा अलैची १० अर्ब ७० करोडको निर्यात भएको छ भने ७ खर्ब ४४ करोडको कार्पेट निर्यात भएको छ ।
Visited 3 times, 1 visit(s) today


