सामान्य बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । बुधबार प्रतितोला ५ हजार २२० रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार बढेर ५ हजार २५० रुपैयाँ कायम भएको छ ।



