आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु
काठमाडौं । सरकारले आज (चैत ३०) देखि वैशाख सातसम्म सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल’ अभियान सुरु गर्ने भएको छ ।
विभिन्न तहमा फाइल अनावश्यक थन्क्याएर राख्दा निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्ति रोक्न यो अभियान सञ्चालन गर्न लागिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न अभियान चलाइएको बताएको छ ।
यसका लागि सरकारले ‘शून्य बाँकी फाइल’ सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन २०८२ सार्वजनिक गरेको छ ।
चालु अवस्थामा रहेको फाइल अनिश्चित समयसम्म नअड्कियोस् र अड्किएको अवस्थामा सम्बन्धित विभागलाई जिम्मेवारी बनाउने हिसाबले अभियान बढाइएको सरकारले बताएको छ ।
अधिकतम १५ दिनसम्म फाइलबारे निर्णय लिनुपर्ने प्रणाली लागू गर्न खोजिएको छ । अन्यथा उक्त फाइलमा समीक्षा प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री कार्यालयले बताएको छ ।



