२०८२ सालको अन्तिम दिन घट्यो सुनकाे मूल्य
काठमाडौँ । चैत ३० गते, सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। यसदिन सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुनको मूल्य दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


