एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को योजनाको आकार रु. ६ अर्ब (अर्थात ६० करोड इकाई) रहेको र बिज पुँजीको कारण विगत लामो समय देखी फण्डको इकाई बृद्धि नभएको कारण इकाईधनीरुको इकाईहरू हितग्राही खातामा जम्मा नभएको र नेपाल धितोपत्र बोर्डबाट बीज पुँजी सम्बन्धमा मिति २०८२/१०/०२ गते जारी निर्देशिका अनुसार यस एनआईबिएल सहभागिता फण्डको मिति २०८२/१२/०५ गतेका दिनदेखी लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार रु. १० अर्वको (अर्थात १ अर्ब इकाई) कायम गर्न स्वीकृति प्राप्त भएको हुँदा पुनः इकाईधनीरुको इकाईहरू हितग्राही खातामा जम्मा गरिएको छ ।
तसर्थ, एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुले सम्पूर्ण इकाईहरु आफनो मेरो शेयर लग ईन गरी लगानी गरीएको इकाईहरु सफलतापूर्वक के्रडिट गरिएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड, विगत १३ वर्षदेखि नेपालको अग्रणी मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकको रुपमा स्थापित हुँदै आएको छ । यस संस्थाले पुँजी बजारमा स्थिर प्रतिफल, भरपर्दो सेवा तथा सशक्त उपस्थिति कायम गदै आएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडले म्युचुअल फण्ड, पोर्टफोलिया व्यवस्थापन सेवा, परामर्श सेवा, डिपोजिटरी सहभागी सेवा, निष्कासन व्यवस्थापन, सेयरको प्रत्याभूति, शेयर रजिस्ट्रार सेवा प्रदान गदै आएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” खुलामुखी योजना हो । यो नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम अन्तर्गत दर्ता भएको छ । यो नेपालको पहिलो खुलामुखी म्युचुअल फण्ड हो, जसले अन्य खुलामुखी म्युचुअल फण्डहरुको विकासका लागि मार्गप्रशस्त गरेको छ ।
यस फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ट डिपोजिट, टे«जरी बिल जस्ता उपकरण तथा स्थिर आय आर्जनका साधनहरुमा लगानी गरी प्रतिफल सिर्जना गर्ने गरेको छ । यो योजना २०७६ सालको असार २४ गते सुरु गरिएको हो । खुलामुखी प्रकृतिका कारण यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छैन तर सिधै योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत खरिद तथा बिक्री गर्न सकिन्छ ।
प्रारम्भिक इकाई बाँडफाडपछि, फण्डले २० करोड इकाई जारी गर्ने स्वीकृति प्राप्त गरेको थियो । योजनाको आकार रु. ६ अर्ब (अर्थात ६० करोड इकाई) रहेकोमा मिति २०८२/१२/०५ गतेका दिनदेखी लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त भए अनुरुप सो आकार बृद्धि गरी रु. १० अर्ब (अर्थात १ अर्ब इकार्ई) कायम गरिएको छ ।
यससँगै यो फण्ड नेपालका मुच्युअल फण्डहरुमध्य सबैभन्दा ठूलो फण्डको रुपमा स्थापित भएको छ । हाल नेपालमा ४३ वटा बन्द मुखी र १३ खुलामुखी मुच्युअल फण्ड सञ्चालनमा रहेका छन् ।



