सुनचाँदीको मूल्य बढ्यो
चैत २४ गते, मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यसदिन सुन प्रतीतोला ४०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुनको मूल्य दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ८२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।



