नेपाल इको प्यानलले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा दियो बधाई
काठमाडौं । नेपालकै ठूलो निर्माण सामाग्री कम्पनी नेपाल इको प्यानलले इन्जिनियर बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा बधाई व्यक्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरू देशको उच्च नेतृत्वमा पुगेकोप्रति खुशी व्यक्त गरेका हुन् ।
दुलवालले लेखेका छन्, “हाम्रो इन्जिनियरिङका विद्यार्थीहरू आज नेपालका प्रधानमन्त्री र मन्त्री बनेका छन्, यो गर्वको विषय हो। अब देश बन्नेछ र बनाउनु पनि हाम्रो पुस्ताकै जिम्मेवारी हो।” उनले अहिलेको पुस्ताले नेतृत्व सम्हालेको अवस्थामा नेपाललाई नयाँ दिशा दिन सकिने विश्वास व्यक्त गरिएको छ। उनले विशेषगरी नयाँ पुस्ताका मन्त्रीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध तथा भू–राजनीतिलाई सन्तुलित रूपमा व्यवस्थापन गर्दै देशलाई अघि बढाउने अपेक्षा गरेका छन्। दुवालले देश निर्माणमा युवापुस्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सक्षम, इमानदार र दूरदर्शी नेतृत्वमार्फत समृद्ध नेपालको आधार तयार पार्नुपर्ने धारणा राखेका छन्।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशनलमा वाल (पर्खाल) को रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।




