महिलाहरूका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न देशका सातै प्रदेशमा निस्शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।
शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले पहिलो चरणमा आगामी १०० दिनभित्र कम्तीमा २५ वटा यस्ता बसहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको हो।
महिलाहरूलाई सार्वजनिक यातायातमा सहज र सुरक्षित पहुँच पुर्याउने उद्देश्यले यो विशेष सेवा सुरु गर्न लागिएको सरकारले जनाएको छ।




