सहकारीका बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्न सुरु गरिने
काठमाडौँ । सरकारले सहकारी पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया आगामी १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ ।
शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले विशेषगरी ‘साना बचतकर्ता’हरूको बचत फिर्तालाई प्राथमिकतामा राखेको हो ।
लामो समयदेखि सहकारीमा जम्मा गरेको रकम नपाएर पीडित बनेका नागरिकहरूलाई न्याय दिन सरकारले यो समयसीमा तोकेको हो । यस विषयलाई रास्वपाले आफ्नो बाचापत्रमा पनि समेटेको थियो ।




