सालमनीदेवी हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । सालमनीदेवी हाईड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावितलाई रु.१००/ अंकित दरका ८, ५०,००० कित्ता र सर्वसाधारणलाई रु.१००/ अंकित दरका ८, ५०,००० कित्ता साधारण शेयर निष्काशन गर्न लागिरहेको छ । निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् ।
सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।




