सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ९ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार ३३५ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार २६५ रुपैयाँ थियो ।
गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।




