बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेल विजयी
काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का श्रीधर पोखरेल विजयी भएका छन्। भर्खरै सम्पन्न मतगणनाअनुसार रास्वपाका उम्मेदवार श्रीधर पोखरेलले २९ हजार ६ सय ७८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।
नेपाली कांग्रेसका किशोर सिंह राठौरले २० हजार ४ सय २ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुरेश पन्थले १९ हजार ९ सय ८० मत प्राप्त गरेका छन् भने एमालेकी विमला विकले १० हजार ७ सय ७२ मत प्राप्त गरेकी छन्।




