सुनसरी–२ बाट रास्वपाको लालबिक्रम थापा बिजयी
काठमाडौं । सुनसरी–२ बाट रास्वपाको लालबिक्रम थापा बिजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका राजीव कोइरालालाई फराकिलो मतका साथ पराजित गरेका हुन् । थापाले ५७ हजार ३४८ मतका साथ विजयी भएका हुन् ।
त्यस्तै, काग्रेसका उम्मेद्वार कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे । उता नेकपाका सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गरे ।




