चितवन ३ मा रेणुभन्दा १७ हजार मतले अघि सोविता
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले २८ हजार ७६६ मत प्राप्त गरेकी छिन्।
उनी नेपाल कम्यूनिष्ट पार्टीकी उम्मेदवार रेणु दाहालभन्दा १७ हजार ८७ मतले अगाडि छिन्। दाहालले ११ हजार ६७९ मत प्राप्त गरेकी छिन्।
त्यस्तै, नेपाली कांग्रेसको उम्मेदवार टेकप्रसाद गुरुङ्गले ३ हजार ७०४ मत पाएका छन् भने शंकरराज थपलियाले २ हजार ८४३ मत पाएका छन्।




