काठमाडौं–३ मा कुलमान भन्दा राजुनाथ पाण्डेको फराकिलो अग्रता
काठमाडौँ । काठमाडौं प्रतिनिधि सभा क्षेत्र नं. ३ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले फराकिलो मतआन्तरका साथ अग्रता कायम गरेका छन्।
हालसम्मको मतपरिणाम अनुसार पाण्डेले ९ हजार २३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ५ हजार ३८७ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले हालसम्म ३ हजार २१६ मत प्राप्त गरेका छन्।




