राेल्पा पुगेर विप्लवले गरे १८ वर्षपछि मतदान
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ वर्षपछि मतदान गरेका छन्।
२०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका उनले १८ वर्षपछि मात्रै मतदान गरेका हुन् ।
उनले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्रबाट मतदान गरेको सचिवालयले जनाएको छ ।




