नेपाल एसबिआई बैंकद्धारा संचालित सामाजिक उत्तरदायित्व कार्यक्रम ८ सय भन्दा बढी विद्यार्थीहरु लाभान्वित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडद्धारा मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ८०० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् ।
बारा जिल्लाको जीतपुर सिमरा स्थित आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवनस्थित,श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्घिक अपाङ्गता विद्यालय रौतहट जिल्लाको चन्द«पुरस्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग पु¥याउने उद्धेश्यले व्हाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ ।
बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ ।




