फागुन २० देखि २२ गतेसम्म तीन दिन बिदा दिन निर्वाचन आयोगको सरकारलाई सिफारिस
काठमाडौं । निर्वाचनका समयमा तीन दिन बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
आज आइतबार सरकारलाई पत्र लेख्दै आयोगले आगामी फागुन २१ को चुनावलाई लक्षित गर्दै बिदा दिन सिफारिस गरेको छ ।
आगामी फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा गर्न आयोगले पत्राचार गरेको गृह मन्त्रालयले जनाएको छ । ‘निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले आयोगले बिदा सिफारिस गरेको हो ।
बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।




